1 min read
राष्ट्रिय आविस्कार केन्द्र नेपाल लाई पुन समाज यु.के. को सहयोग

राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. महाबिर पुन करिब् दुई महिने युरोप भ्रमणको क्रममा हुनुहुन्छ । पहिलो चरणको बेलायत भ्रमणको अवसरमा पुन समाज यु.के. ले २४ अप्रिल २०२२ को दिन लण्डनको ह्यारो स्थित गोल्डेन सिप रेस्टुरेन्टको सभा कक्षमा स्वागत सम्मान सहित् अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो । छोटो सुचनाको अवस्थामा पनि उक्त कार्यक्रममा पुनहरु लगायत अन्य नेपालीहरुको पनि उल्लेखनिय उपस्थिती रहेको सो कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. महाबिर पुन ले राष्ट्रिय आविस्कार केन्द्रको उदेश्य र राष्ट्रिय आविस्कार केन्द्रले स्थापना कालदेखी अहिले सम्म गरेका कामहरुको बारेमा स बिस्तार जानकारी गराउनु भएको थियो । बेलायतबासी पुनहरुले पनि ब्यक्तिगत वा संस्थागत  स्तर बाट राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्दै आएका छन । उक्त कार्यक्रम मार्फत पुन समाज यु.के.ले राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गर्न छुटेका ईच्छुक ब्यक्तिहरुलाई सहयोग गरिदिनु हुन अनुरोध गरेको थियो । डा. महाबिर पुन युरोपका अन्य देशहरुको भ्रमण् सकेर पुन बेलायत आएको अवसरमा संकलित सहयोग रकम २८९६।७० पाउन्ड ०३ जुन २०२२ को दिन पुन समाज यु.के. का अध्यक्ष धन बहादुर पुन लगायत समाजका अन्य ब्यक्तिहरुको उपस्थिमा राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. महाबिर पुन लाई हस्तान्तरण गरिएको छ् ।

more news click here ..

Comments
* The email will not be published on the website.