1 min read
दिवङ्गत बेलायती महारानी प्रती भावपूर्ण श्रद्धान्जली !

बेलायति महारानी एलिजाबेथ द्धितिय को ०८ सेप्टेम्बर २०२२ को दिन निधन भएको छ |  बिहीबार अपरान्ह स्कटल्याण्डको बाल्मोरल प्यालेसमा ९६ वर्षिया महारानीको निधन भएको बकिङहम प्यालेसले जनाएको छ । बेलायतको ईतिहासमा सबै भन्दा लामो शासन चलाउनु भएकी महारानी विश्वको ईतिहासमा लामो शासन गर्नेमा दोश्रो हुनुहुन्थ्यो |

२६ बर्षको उमेरमा बेलायतकी महारानी भएकी एलिजाबेथ द्धितिय ७० बर्ष सम्म बेलायतकी महारानी हुनु हुन्थ्यो | महारानी एलिजावेथ द्वीतीयाका ३ छोराहरु १ छोरी सहित जम्मा चार सन्तान छन्। एलिजाबेथको शासनकालमा १५ जना बेलायती प्रधानमन्त्री परिवर्तन भएका थिए । महारानी एलिज़ाबेथको जन्म १९२६ अप्रिल २१ तारिखमा भएको हो । उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। ९६ वर्षीय महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारीहरू जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्दै आएकी थिईन् ।


महारानीको निधनसंगै उनका छोरा चार्ल्स राजाको रुपमा राजगद्धीमा आएका छन्।गहिरो पीडासहित महारानी एलिजाबेथको निधनको घोषणा भएको छ,’ दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनमा सम्पूर्ण जनतासहित राजपरिवार गहिरो दुःख व्यक्त गर्दछ ।कुनै समय कहिलै सुर्य नअस्ताउने देश भनेर चिनिने बेलायतले विश्वको ७५ भन्दा बढी देश र राज्यहरुलाइ आफ्नै अधिनमा राखेर प्रत्यक्ष शासन गरेको थियो | आफु अधिनस्थ देश र राज्यहरुलाई स्वतन्त्र दिईसकेको भए पनि अझै क्यानाडा अस्ट्रलिया न्युजिल्यान्ड लगायत १४ वटा राष्ट्रमण्डल देशहरुले बेलायतकी महारानीलाई नै रास्ट्र प्रमुख मान्दै आएका छन् | दिवङ्गत बेलायतकी महारानी प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दछौ | 


पुन समाज यु.के.

Comments
* The email will not be published on the website.