1 min read
पुन महिला समिती यु.के. र पुन युथ क्लब यु.के. को संयुक्त देउसी भैलो कार्यक्रम भब्यताको साथ सम्पन्न

पुन महिला समिती यु.के. र पुन युथ क्लब यु.के. को संयुक्त देउसी भैलो कार्यक्रम २३ अक्टोबर २०२२ को दिन लण्डन स्थित STANWELL VILLAGE HALL STAINES मा भब्यताका साथ सम्पन्न भएको छ । पुन महिला समिती पुन समाज यु.के. का अध्यक्ष श्रीमती रुपा गर्बुजा पुनको अध्यक्षता आयोजित कार्यक्रममा पुन समाज यु.के.का अध्यक्ष धन बहादुर पुन प्रमुख अतिथी, बिशेष अतिथिहरुमा पुर्व अध्यक्षहरु अती प्रसाद् पुन र एक बहादुर फगामी,  अतिथिहरुमा केन्द्रिय समितिका उपाध्यक्ष केशमाया पुन, महासचिब रुद्रबहादुर पुन, सचिबद्वय राम बहादुर तिलिजा टक बहादुर तिलिजा लगायत अन्य पदाधिकारीहरु, सल्लाह्कारहरु शेर बहादुर पुन,खरिलाल पुन, रमेश पुन, दल बहादुर पुन, समाजसेवी रिटायर्ड क्याप्टेन उमेश पुन को उपस्थिती रहेको थियो ।  

More news click below....

Comments
* The email will not be published on the website.