1 min read
राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा.महाबिर पुन सँग अन्तर्कृया कार्यक्रम सम्पन्न

बेलायतमा अरु सबै ठाउँमा झैं उत्तरी लन्डनको दक्षिण ह्यारो स्थित गोल्डन सिप रेस्टुरेन्टमा डा. महाबीर पुन सँग पुन समाज यु.के. को अन्तरक्रिया कार्यक्रम २०२२ अप्रिल २४ आइतबार का दिन सम्पन्न भएको छ। वहाँलाई उलविचको एभरेष्ट इन रेस्टुरेन्टमा जहाँ बुद्ध फाउन्डेशन यु.के.को आयोजनामा भैरहेको अन्तरक्रिया कार्यक्रम बाट लगभग दिउँसोको २:३० बजेतिर गाडिमा चढाइ मध्ये लन्डन हुदै कार्यक्रम स्थलमा ल्याईएको  थियो। कार्यक्रममा पुन तथा गैर पुनहरु अनि लगायत स्थानीय बासीहरु डा. युग गुरुङ र इन्जिनियर सुन्दर सहित् ५५ जनाको उपस्थिति रहेकोथियो। समाजका महासचिव रुद्र बहादुर पुन ले  संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष धन बहादुर पुन ले डा. महाबीर पुनलाई खादा लगाएर पुन समाज युके को तर्फ देखी स्वागत गर्नु भएको थियो ।

more news click here....


Comments
* The email will not be published on the website.