1 min read
बेलायतमा पुन समाजले मनायो आफ्नो १४ औं बार्षिक उत्सब

लन्डन । बेलायतमा पुन समाज युके स्थापनाको १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसरमा समाजले आफ्नो १४ औं बार्षिक उत्सब तथा भेटघाट र शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।गत शुक्रबार लन्डनस्थित फेल्थाम स्पोर्ट एण्ड लेजर सेन्टरमा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रम हलको प्रवेशद्धारमा करबाकेली कुलदेवताको थान राखेर पुजा गरेर प्रसाद ग्रहणपछि कार्यक्रम औपचारिक रुपमा शुरुवात गरिएको थियो । पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर र मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन विशेष अतिथि रहेकी थिइन । बेलायतमा बस्ने पुन समुदायका बाक्लो उपस्थिती रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

More news click here ...

https://www.londonnepalnews.com/archives/91985?fbclid=IwAR0kFS0u4ZUkqgzZKePsHXWpWF-D3kF9CQmALPcDHTFLza7gcE0j5JFultA


Comments
* The email will not be published on the website.