1 min read
पुन समाज यूकेको बास्केटबल प्रतियोगिता 2019

गत वर्ष झैं यो वर्ष पनि गत शनिवार २८ जुलाई को दिन पुन समाज यूकेले फेल्थाम कम्युनिटी कलेज हलमा बास्केटबल खेल प्रतियोगिता सम्पन्न गरेको थियो। यस कार्यक्रमको सम्पूर्ण जिम्मेवार Sport IC श्री धन पाईजा पुन ज्यूले लिनु भएको थियो भने प्रतियोगिताको मुख्य उधेस्य भेटेरन खेलाडीहरु बीच भेटघाट गर्दै युवा खेलाडीहरुलाई यस खेल प्रति आकर्षित गर्नु र हौसला दिनु थियो। प्रतियोगितामा समाजको बिभिन्न शाखा र क्षेत्रका भेटेरन तथा युवा खेलाडीहरुले भाग लिनु भएको थियो। उक्त दिनमा समाजको विशेष बैठकको कारण खेल ढिलो गरि सुरु भएको कारण रातिको ९ बजे सम्मै खेलिएको थियो र रातिको १० बजे सम्पूर्ण कार्यक्रम समापन गरिएओ थियो। प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै भेटेरन तर्फ बेसिङ्गस्टोक टिमले र युवा तर्फ बाट पनि बेसिङ्गस्टोक टिमले नै  पहिलो स्थान जित हाँसिल गर्नु भएको थियो। यसरी यो वर्षको तुलु पाईजा कप बेसिङ्गस्टोकको युवा टिमले जित्न सफल हुनु भयो। अन्तमा पहिलो तथा दोस्रो हुने टिमहरुलाई मेडल तथा कप प्रदान गर्दै समाजको अध्यक्ष एक बहादुर पुन ज्यूले सम्पूर्ण खेलाडीहरु, रेफ्रीहरु साथै आर्थिक सहयोग गर्नेहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो।

जय पुन समाज यूके !


Comments
* The email will not be published on the website.