1 min read
पुन समाज युकेको १४ औं बार्षिक भेटघाट भब्य रुपमा सम्पन्न

बेलायतमा बस्ने पुन समुदायका बाक्लो उपस्थिती रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले समेत आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा पुन समुदायमा उच्च शिक्षा हासिल गर्ने, व्यवसायी, सैनिक क्षेत्रको माथिल्लो तहमा पदोनन्ती हुने, समाजमा रहेर विशेष उच्च योगदान दिने र नेपालबाट आएका कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले नेपाली राजदुतावास र विभिन्न सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर गोर्खाहरुको समान अधिकार, बेलायतमा बस्ने नेपालीहरुको समस्या र अधिकार लगायतको बिषयमा सहयोग र पहल गर्ने बताए ।

More news click here ...

http://everesttimes.net/archives/30870?fbclid=IwAR0kFS0u4ZUkqgzZKePsHXWpWF-D3kF9CQmALPcDHTFLza7gcE0j5JFultA


Comments
* The email will not be published on the website.